नियम २७
शुल्क पुनरावलोकन गरिने अवस्था
– शुल्क पुनरावलोकन गर्ने सम्बन्धमा सम्झौतामा कुनै अवस्था उल्लेख भएकोमा सोही बमोजिम र नभएकोमा देहायका अवस्थामा शुल्क पुनरावलोकन गरिनेछ –
(क) सम्झौतामा निश्चित शुल्क उल्लेख नगरी शुल्क निर्धारण सम्बन्धी कुनै खास तरिका मात्र उल्लेख भएकोमा प्रत्येक पाँच वर्षमा,(ख) सम्झौतामा अनुमति प्राप्त व्यक्तिले परियोजनाको सञ्चालनबाट खास प्रतिशतमा मुनाफा पाउने उल्लेख भएकोमा त्यस्तो मुनाफाको दर परिवर्तन भएमा,
(ग) परियोजनाबाट नेपाल सरकारले निश्चित रोयल्टी प्राप्त गर्ने वा मुनाफा लिने गरी सम्झौता भएकोमा नेपाल सरकारले त्यस्तो रोयल्टी वा मुनाफा नलिने वा कम लिने गरी शुल्क घटाउन चाहेमा,
(घ) सम्झौताको अवधि थपघट भएमा,
(ङ) अनुमति प्राप्त व्यक्तिले कुनै खास कारण देखाई शुल्क पुनरावलोकन गरी पाउन दिएको निवेदन मनासिब देखिएमा,
(च) मन्त्रालयले कुनै खास कारण खुलाई शुल्क पुनरावलोकन गर्न आवश्यक ठानेमा ।